IME Life New

मेरै कार्यकालमा धितोपत्र बोर्डको आफ्नै भवन निर्माण हुनेछः श्रेष्ठ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले आज पदभार सम्हालेका छन्।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले श्रेष्ठलाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो। श्रेष्ठलाई अर्थमन्त्री विष्णु पौडेलले मंगलबार नियुक्तिपत्र दिँदै पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए। श्रेष्ठले एभरेष्ट बैंकको बोनस शेयर दर्ता गर्दै आजबाट अध्यक्षको जिम्मेवारी सम्हालेका हुन्।

Esewa
Crest

अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा धितोपत्र बोर्डको आफ्नै भवन निर्माण हुने बताए। ‘मेरो कार्यालयमै धितोपत्र बोर्डले आफ्नै भवन पाउनेछ’, उनले भने।

अध्यक्ष श्रेष्ठले नयाँ स्टक एक्सचेन्ज ल्याउने इच्छा सरकारको रहेको बताए। ‘हामी नेपाल सरकारको निर्देशन र अध्ययन समितिको सुझावका आधारमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्सका विषयमा अगाडि बढ्ने छौँ’, उनले भने।

पुँजीबजारलाई बलियो र लगानीकर्ताको हितमा काम गर्ने पनि अध्यक्ष श्रेष्ठले प्रतिबद्धता जनाए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS