IME Life New

एनपीएलको एक्सक्लुसिभ टिकटिङ पार्टनर ‘खल्ती’ले खुलायो अनलाइन टिकट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’ले क्रिकेट एसोसिएसन नेपाल (क्यान)सँग सहकार्य गर्दै नेपाली क्रिकेट जगतको महा उत्सव, ‘द फेस्टिभल अफ हिमालयज’ नेपाल प्रिमियर लिग (एनपीए)को पहिलो संस्करणमा आधिकारिक टिकटिङ पार्टनरको रूपमा साझेदारी गरेको छ ।

क्रिकेटप्रेमी फ्यानहरूको उत्साह चरम विन्दुमा छ भने उनीहरूले खल्ती एप मार्फत सजिलैसँग टिकट ‘क्याच’ गर्न सक्ने भएका छन्। केही क्लिकमै खल्तीबाट टिकट काटेर फ्यानहरू स्टेडियममै पुगी आफ्नो मन पर्ने टिमलाई हुटिङ गर्न, प्रत्येक चौका, छक्का र विकेटको मजा लिन साथै खेलको सप्राइजिङ मोमेन्टहरू प्रत्यक्ष रूपमा नजिकैबाट अवलोकन गर्न सक्नेछन् ।

Esewa
Crest

अनलाइन टिकटहरू अब खल्ती एपमा उपलब्ध छन् र क्रिकेट फ्यानहरूले खेलका टिकटहरू सजिलै लिन सक्नेछन्। पहिलो दिन, प्लेअफ र त्यसपछिका खेल हुने दिन बाहेक, प्रतिदिन साधारण टिकटको मूल्य ३ सय साथै भिआइपी टिकटको मूल्य ५ सय तोकिएको छ भने । प्लेअफ र त्यसपछिका खेलका लागि भने टिकट चाँडै उपलब्ध हुने खल्तीले जनाएको छ ।

त्यस्तै, फ्यानहरूले सबै खेलको एकमुस्ट सिजन पास पनि लिन सक्ने जनाइएको छ । यसका लागि साधारणको मूल्य ४ हजार ४ सय ८० र भिआइपी टिकटको मूल्य ८ हजार २ सय ४० रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

मंसिर १५ बाट टियु अन्तर्राष्ट्रिय क्रिकेट ग्राउन्डमा सुरु हुन लागेको एनपीएलमा विराटनगर किन्ङ्स, जनकपुर बोल्ट्स, काठमाडौँ गुर्खाज, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स गरी ८ वटा टोली सहभागी छन् भने राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता रहनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS