IME Life New

हरियाली छाएको शेयर बजारमा यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार मंगलबार पनि दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक ३३.४१ अंकले बढेर २७१६.६६ को विन्दुमा उक्लिएको हो।

बजार बढ्दा १३ वटै उपसमूहमा हरियाली छाएको छ। आज जलविद्युत समूह सर्वाधिक १.९७ प्रतिशतले बढेको छ।

Esewa
Crest

आज २११ कम्पनीको शेयरभाउ उकालो लागेको छ भने ३२ वटाको ओरालो लागेको छ। यो दिन एउटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

यो दिन बजारमा करिब साढे ७ अर्ब रुपैयाँको कारोबार भएको छ। सार्वजनिक कारोबार नेपाल फाइनान्सको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • नेपाल फाइनान्सः ४५ करोड ७८ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ३३ करोड ६ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः २८ करोड ८३ लाख रुपैयाँ
  • कर्णाली डेभलपमेन्ट बैंकः २५ करोड ६७ लाख रुपैयाँ
  • जानकी फाइनान्सः २२ करोड ४ लाख रुपैयाँ
  • युनाइटेड इदी मर्दीः १८ करोड २४ लाख रुपैयाँ
  • बेस्ट फाइनान्सः १५ करोड ७ लाख रुपैयाँ
  • स्ट्यान्डर्ड चार्टर्ड बैंकः १२ करोड ५६ लाख रुपैयाँ
  • गोर्खाज फाइनान्सः ११ करोड ६३ लाख रुपैयाँ
  • रसुवागढी हाइड्रोपावरः ११ करोड २ लाख रुपैयाँ

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS