IME Life New

सामाजिक सुरक्षा कोषः योगदानकर्ताबाट रु. ६८.६८ अर्ब संकलन, रु. ११.६२ अर्ब दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सामाजिक सुरक्षा कोषमा योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा हालसम्म करिब १८ लाख योगदानकर्ता आबद्ध भएका छन्।

यो योजना कार्यान्वयनमा आएको ६ वर्ष भएको छ। सामाजिक सुरक्षा दिवसका अवसरमा कोषले मंगलबार तथ्यांक सार्वजनिक गरेको छ।

Esewa
Crest

तथ्यांकअनुसार हालसम्म १७ लाख ९७ हजार ६४० जना श्रमिक आबद्ध भएका छन्। योजनामा हालसम्म १९ हजार ७६९ रोजगारदाता आबद्ध भएका छन्।

कोषका अनुसार औपचारिकतर्फ ५ लाख ४३ हजार ४९१ जना योगदानकर्ता आबद्ध भएका छन्। वैदेशिक रोजगारीतर्फ १२ लाख ५३ हजार ६१५, अनौपचारिक क्षेत्रका ३०७ र स्वरोजगार क्षेत्रका २२७ जना योगदानकर्ता आबद्ध भएको तथ्यांकले देखाउँछ।

कोषले हालसम्म ६८ अर्ब ६८ करोड रुपैयाँ संकलन गरेको छ। कोषमा अहिलेसम्म १ लाख ८० हजार ९२२ वटा दाबी परेकोमा ५ लाख ५७७ पटकमा ११ अर्ब ६२ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS