काठमाडौं । शेयर बजार सोमबार दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक १५.८३ अंकले बढेर २६८३.२४ को विन्दुमा उक्लिएको हो।
बजार बढ्दा नेप्से उपसमूहमा रहेका ११ वटा समूहमा बढोत्तरी देखिएको छ भने २ वटामा गिरावट आएको छ। आज वित्त समूह सर्वाधिक २.२७ प्रतिशतले बढेको छ।
यो दिन १६९ कम्पनीको शेयरभाउ बढ्दा ६७ कम्पनीको घटेको छ। आज ९ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
आज बजारमा ६ अर्ब ३४ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार ङादी ग्रुप पावरको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- ङादी ग्रुप पावरः ५४ करोड ७ लाख रुपैयाँ
- बेस्ट फाइनान्सः २५ करोड २९ लाख रुपैयाँ
- नेपाल फाइनान्सः २० करोड ३१ लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः १५ करोड ६४ लाख रुपैयाँ
- हाथवे इन्भेस्टमेन्टः १५ करोड ८ लाख रुपैयाँ
- जानकी फाइनान्सः १३ करोड ५३ लाख रुपैयाँ
- सुपर मादी हाइड्रोपावरः १२ करोड ५५ लाख रुपैयाँ
- सप्तकोशी डेभलपमेन्ट बैंकः ११ करोड ६७ लाख रुपैयाँ
- कर्णाली डेभलपमेन्ट बैंकः १० करोड २७ लाख रुपैयाँ
- पोखरा फाइनान्सः १० करोड २४ लाख रुपैयाँ