IME Life New

अन्तर्राष्ट्रिय हवाई टिकटमा बढी भाडा लिएको भए उजुरी गर्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अब अन्तर्राष्ट्रिय हवाई टिकटमा बढी भाडा लिएको भए उजुरी गर्न सकिने भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय हवाई टिकट काट्दा भाडा धेरै तिर्नुपरेको भएमा उजुरी गर्न सकिने व्यवस्था गरेको हो। मन्त्रालय सूचना जारी गर्दै अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्दा अस्वाभाविक भाडा तिर्नुपरेको गुनासो र विरोध हाल विभिन्न सोसल मिडियामा आइरहेकोमा ध्यानाकर्षण भएको जनाएको छ।

Esewa
Crest

उच्च दरको हवाई टिकट खरिद बिक्री गरेको विषयमा कुनै गुनासो भएमा हवाई टिकटको प्रतिलिपि, टिकट खरिद गरेको संस्थाको विवरण, बिल र भौचरलगायतका अन्य प्रमाणसहित उजुरी गर्न सूचना उल्लेख छ।

ई–मेलमार्फत त्यस्ता प्रमाण पठाएर उजुरी गर्न सकिने मन्त्रालयले जनाएको छ। मन्त्रालयले अन्तर्राष्ट्रिय हवाई भाडा अस्वाभाविक ढंगले बढाएको विषयमा अध्ययन गर्न एउटा कार्यदल पनि गठन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS