IME Life New

एनआईसी एसिया बैंकले राखेको ४ कम्पनीको लिलामी शेयर उठाउने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एसिया बैंकले लिलामीमा राखेको ४ वटा कम्पनीको साढे १९ लाख बढी कित्ता शेयर खरिद गर्ने आज मंसिर १० गते अन्तिम दिन रहेको छ।

बैंकले आफ्नो स्वामित्वमा रहेको ४ कम्पनीको १९ लाख ६० हजार ६३० कित्ता शेयर गत मंसिर ३ गतेदेखि बिक्रीमा राखेको हो। यो शेयरमा आज बैंकिङ समयसम्म खरिदका लागि बोलपत्र पेस गर्न सकिन्छ।

Esewa
Crest

बैंकले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को ९ लाख ६५ हजार रुपैयाँ, सूर्यज्योति लाइफ इन्स्योरेन्सको ८ लाख ९३ हजार ८२५ कित्ता, सूर्योदय वोमी लघुवित्तको ५१ हजार ८०५ कित्ता र नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता निफ्राको १०१ रुपैयाँ, सूर्यज्योति लाइफको १७८ रुपैयाँ, सूर्योदय वोमी लघुवित्तको २९७ रुपैयाँ र नागरिक लगानी कोषको ७७९ रुपैयाा तोकिएको छ। लगानीकर्ताले शेयर खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

यो शेयरमा योग्य लगानीकर्ताले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र पेस गर्दा आफूले लिन चाहेको शेयर संख्या खुलाउनुपर्नेछ भने अधिकतममा सम्पूर्ण शेयर खरिदका लागि आवेदन दिन सकिनेछ।

बोलपत्र काठमाडौंको थापाथलीस्थित एनआईसी एसिया क्यापिटलको कार्यालय वा थापाथलीस्थित एनआईसी एसिया बैंकको कर्पोरेट कार्यालय तथा शाखाहरु काठमाडौं, विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र वीरेन्द्रनगरमा पेस गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS