IME Life New

सतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न ङादी ग्रुपले बोर्डबाट पायो अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ङादी ग्रुप पावरले सतप्रतिशत हकप्रद शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले बोर्डबाट आज मंसिर ९ गते १ः१ को अनुपातमा हकप्रद निष्काशन गर्न अनुमति पाएको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको  १ः१ को अनुपातमा १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२ दशलमव ५० रुपैयाँ बराबरको १ करोड ८५ लाख १२ हजार ७ सय ९२.२२५ कित्ता हकप्रद शेयर निष्काशनको लागि अनुमति पाएको हो । हकप्रद बिक्रीपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार ४४५ रुपैयाँ पुग्नेछ ।

Esewa
Crest

कम्पनीले गण्डकी प्रदेशको लमजुङ जिल्ला स्थित ४.९५ मेगावाटको सिउरीखोला साना जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०६९ असोज ३० देखि नियमित विद्युत उत्पादन गरिरहेको छ ।

कम्पनीले संचालित आयोजनाको मर्मत संभार गर्न, भुक्तानी बाँकी हिसाब फरफारक गर्न तथा नयाँ आयोजनामा लगानी गर्न साथै लगानीका स्रोतहरू पहिचान गर्दै रोजगारी सृजना गरी राष्ट्रिय पुँजी बृद्धि गर्न आयोजनाको सञ्चित मुनाफा, बैंक ऋण लगायतका बैकल्पिक स्रोतबाट मात्रै सम्पुर्ण रकम जोहो गर्न नसकिने भएकोले हकप्रद निष्काशन गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS