IME Life New

एनएमबि बैंकको पौने २ लाख बढी कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि बैंकको पौने २ लाख बढी कित्ता शेयर आज मंसिर ९ गतेबाट बिक्रीमा राखिएको छ।

बैंकको संस्थापक समूहको १ लाख ८० हजार २८८ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा विद्यमान संस्थापक शेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

Esewa
Crest

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ तोकिएको छ। यसको शेयर खरिदका लागि आवेदन दिन न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र पेस गर्दा न्यूनतम ५ हजार कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ । अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।

बोलपत्र पेस गर्ने अन्तिम मिति मंसिर २३ गतेसम्म रहेको छ। बोलपत्र काठमाडौंको बालुवाटारस्थित एनएमबि क्यापिटलमा पेस गर्न गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS