IME Life New

आइएमई पे एपको नयाँ सुविधा: IELTS टेस्टको शुल्क तिर्न मिल्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले IELTS टेस्टको शुल्क भुक्तानी आइएमई पे मार्फत गर्न सकिने सुविधा सार्वजनिक गरेको छ ।

यस सुविधामार्फत प्रयोगकर्ताहरूले आइएमई पे एपमार्फत आफ्नो आईईएलटीएस परीक्षा शुल्क सहजै भुक्तानी गरेर आफ्नो समय र मेहनत बचाउन सक्नेछन् ।

Esewa
Crest

प्रयोगकर्ताहरूले IELTS को एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, आईईएलटीएस युकेभीआईको एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, लाइफ स्कील्स ए१ ए२, बी१ को निम्ति भुक्तानी आइएमई पे एप मार्फत गर्न सक्नेछन्। सीमित अवधिको लागि आइएमई पे एपबाट आईईएलटीएस टेस्टको शुल्क भुक्तानीमा फ्लाट रु १००० क्यासब्याक पनि प्राप्त गर्न सकिन्छ।

’हामी हाम्रा प्रयोगकर्ताहरूलाई यो नयाँ सेवा प्रदान गर्न पाउँदा उत्साहित छौँ’, आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले भने, ’आईईएलटीएस शुल्क भुक्तानीको लागि सुविधाजनक र सुरक्षित प्लेटफर्म प्रदान गरेर हामीले प्रयोगकर्ताहरूलाई आफ्नो उद्देश्यहरू पुरा गर्न सशक्त बनाउने लक्ष्य राख्छौँ ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS