IME Life New

यो साता यी १० कम्पनीले बनाए लगानीकर्तालाई मालामाल, कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यो साता शेयर बजारको प्रदर्शन सुखद् रहेन। नेप्से परिसूचक यो साता २.४९ प्रतिशत अर्थात ६८.३४ अंकले घटेको छ। अघिल्लो साता २७४८.७८ को विन्दुम रहेको नेप्से यो साता घटेर २६८०.४४ को विन्दुमा बन्द भएको छ। यो साता म्युचुअल फन्डमात्रै बढेको छ भने अन्य १२ उपसमूह घटेका छन्। यो साता वित्त समूहमा सबैभन्दा बढी ५.११ प्रतिशतको गिरावट देखिएको छ।

बजार घटे पनि यो साता केही कम्पनीले करिब १६ प्रतिशतसम्म लगानीकर्तालाई रिटर्न दिएका छन्। यो साता लगानीकर्ताले महिला लघुवित्तबाट सबैभन्दा धेरै कमाइ गरे। यो लघुवित्तको शेयरभाउ १५.८१ प्रतिशतले बढेको छ। अघिल्लो साता प्रतिकित्ता २१४५ रुपैयाँ शेयरभाउ रहेकोमा यो साता बढेर २४६१ रुपैयाँ पुगेको छ।

Esewa
Crest

दोस्रो धेरै कमाइ अप्पर हेवाखोला हाइड्रोपावरबाट भएको छ। यो कम्पनीबाट लगानीकर्ताले १३.५९ प्रतिशत रिटर्न पाएका छन्। अघिल्लो साता प्रतिकित्ता ५८६ रुपैयाँ शेयरभाउ रहेकोमा यो साता बढेर ६६६ रुपैयाँ पुगेको छ।

तेस्रो धेरै रिटर्न दिने कम्पनीमा हिमालय ऊर्जा विकास कम्पनी छ। अघिल्लो साता प्रतिकित्ता २२४ रुपैयाँ रहेकोमा यो साता बढेर २४८ रुपैयाँ पुगेको छ। यो कम्पनीबाट लगानीकर्ताले एक सातामै १०.७१ प्रतिशत रिटर्न पाएका छन्।

यसैगरी यो साता सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरभाउ ७८४ रुपैयाँबाट बढेर ८६२.४० रुपैयाँ, थ्रीस्टार हाइड्रोपावरको ८८८ रुपैयाँबाट बढेर ९७३.५० रुपैयाँ, कर्णाली डेभलपमेन्ट बैंकको ७४० रुपैयाँबाट बढेर ८११.१० रुपैयाँ र बाराही हाइड्रोपावरको ७३२ रुपैयाँबाट बढेर ७९९.८० रुपैयाँ पुगेको छ। लगानीकर्ताले सप्तकोशी डेभलपमेन्ट बैंकबाट १० प्रतिशत, थ्रीस्टार हाइड्रोपावरबाट ९.६३ प्रतिशत, कर्णाली डेभलपमेन्ट बैंकबाट ९.६१ प्रतिशत र बाराही हाइड्रोपावरबाट ९.२६ प्रतिशतले रिटर्न पाएका छन्।

यो साता कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरभाउ पनि ११५८ रुपैयाँबाट बढेर १२५५.१० रुपैयाँ, नारायणी डेभलपमेन्ट बैंकको शेयरभाउ ९५५ रुपैयाँबाट बढेर १०३५ रुपैयाँ र आत्मनिर्भर लघुवित्तको शेयरभाउ ४७८० रुपैयाँबाट बढेर ५१५० रुपैयाँ पुगेको छ। लगानीकर्ताले कर्पोरेट डेभलपमेन्ट बैंकबाट ८.३९ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकबाट ८.३८ प्रतिशत र आत्मनिर्भर लघुवित्तबाट ७.७४ प्रतिशत रिटर्न पाएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS