IME Life New

एनआरएनको लगानी रहेको कम्पनीलाई आइपीओको बाटो खुला, कारोबार कित्ता कम्तीमा १ हजार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन)को संयुक्त लगानीको इन्भेस्टमेन्ट कम्पनीले नेपालको शेयर बजारमा आइपीओ ल्याउने बाटो खुलेको छ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र निष्कासन तथा बाँडफाँट (आठौँ संशोधन) निर्देशिका, २०८१ जारी गर्दै यस्तो व्यवस्था थप गरेको हो। निर्देशिकाको परिच्छेद–२क थप गर्दै संयुक्त लगानीको इन्भेस्टमेन्ट कम्पनीले शेयर जारी गर्न चाहेमा ऐन, नियमावली र यस परिच्छेदबमोजिम प्रक्रिया पूरा गरी शेयर निष्कासन गर्न सक्ने व्यवस्था धितोपत्र बोर्डले गरिदिएको छ।

Esewa
Crest

गैरआवासीय नेपाल भन्नाले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्रबाहेकका विदेशी मुलुकको नागरिकता वा त्यस्तो विदेशी मुलुकको स्थायी आवासीय अनुमतिपत्र प्राप्त गैरआवासीय नेपाली सम्झनुपर्छ।

संयुक्त लगानीको इन्भेस्टमेन्ट कम्पनी भन्नाले नेपाल सरकार र गैरआवासीय नेपालको संयुक्त लगानीको इन्भेस्टमेन्ट कम्पनी सम्झनुपर्ने धितोपत्र बोर्डले स्पष्ट पारेको छ। यसरी निष्कासन गरिने शेयर गैरआवासीय नेपालीले मात्र खरिद गर्न पाउन सक्नेछन्।

त्यस्ता कम्पनीले नियमावलीको नियम ९ को उपनियम (१) बमोजिम जारी पुँजीको १० प्रतिशतभन्दा घटी र ४९ प्रतिशतभन्दा बढी नहुने गरी नियमावलीको नियम ४१ख बमोजिम गैरआवासीय नेपालीका लागि मात्र शेयर निष्कासन गर्नुपर्ने व्यवस्था गरिएको छ।

संयुक्त लगानीको इन्भेस्टमेन्ट कम्पनीले प्रिमियम थप गरी शेयर निष्कासन गर्न नपाउने प्रावधान पनि धितोपत्र बोर्डले ल्याएको छ।

त्यस्ता कम्पनीले साधारण शेयर जारी गर्नुपूर्व शेयर धितोपत्र बोर्डमा दर्ता गर्नुपर्दछ। त्यसपछि सबै प्रक्रिया पूरा गरी साधारण शेयर निष्कासनपूर्व विवरणपत्र स्वीकृतिका लागि धितोपत्र बोर्डमा दिनुपर्छ।

त्यसपछि धितोपत्र बोर्डले विवरणपत्र स्वीकृतिअघि जाँचबुझ गर्नेछ। विवरणपत्रमा थपघट गर्नुपर्ने देखिएमा धितोपत्र बोर्डले कम्पनीले निर्देशन दिन सक्नेछ।

विवरणपत्र उपयुक्त देखिएमा ७ कार्य दिनभित्र धितोपत्र बोर्डले विवरणपत्र प्रकाशन गर्न स्वीकृति दिनेछ। त्यसपछि लगानीकर्ताले देख्ने गरी कम्पनीको र धितोपत्र बिक्री प्रबन्धको वेबसाइटमा विवरणपत्र राख्नुपर्नेछ।

त्यसपछि कम्पनीले निष्कासन गरिने शेयरको दरखास्त खुला रहने अवधि कम्तीमा ४ कार्यदिन हुनेछ। दरखास्त खुला भएको मितिले बढीमा १५ दिनका लागि शेयरको दरखास्त खुला राख्न सक्नेछ। तर, त्यसको जानकारी कम्पनीले धितोपत्र बोर्डलाई दिनुपर्नेछ।

यस्ता कम्पनीको शेयर कारोबार प्रणाली धितोपत्र बजारले व्यवस्था गरेबमोजिम हुने व्यवस्था धितोपत्र बोर्डले गरेको छ। शेयर कारोबार गर्दा न्यूनतम १ हजार कित्ता (इकाइ) गर्नुपर्नेछ। शेयर कारोबार गैरआवासीय नेपालीबीचमात्रै हुनेछ।

यस्ता कम्पनीले जारी गरेको शेयर बाँडफाँट भएको मितिले १ वर्षको अवधि पूरा नभई खरिदबिक्री गर्न पाइने छैन। तर, संस्थापक शेयरको हकमा नियमावलीको नियम ३८ को उपनियम (१) बमोजिम हुने व्यवस्था धितोपत्र बोर्डले गरेको छ।

sebon directives

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS