IME Life New

युनाइटेड इदी मर्दीको लाभांश घोषणा, १००% हकप्रद पनि ल्याउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युनइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावरले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको मंसिर ६ गते बसेको बैठकले आफ्ना शेयरधनीहरुलाई उक्त आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ४.२११ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ४ प्रतिशतले १ करोड ७७ लाख २४ हजार रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.२११ प्रतिशतले ९ लाख ३२ हजार ४८२ रुपैयाँबराबरको नगद लाभांश छन्।

Esewa
Crest

प्रस्तावित लाभांश आगामी १५ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

सञ्चालक समितिले बोनस शेयर वितरणपछि कायम हुने चुक्तापुँजी १ः१ अनुपातमा अर्थात सतप्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय पनि गरेको छ। यसका लागि विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति लिई आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS