IME Life New

देशभरका मालपोत कार्यालयले उठाए करिब पौने ३ अर्ब राजस्व

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । देशभरका मालपोत कार्यालयले गत कात्तिक महिनामा करिब पौने ३ अर्ब रुपैयाँ राजस्व संकलन गरेका छन्।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार कात्तिकमा मालपोत कार्यालयहरुले २ अर्ब ७० करोड ४० लाख ४६ हजार ६४५ रुपैयाँ राजश्व संकलन गरेका छन्। घरजग्गाको कारोबारमा अपेक्षित रुपमा सुधार आउन नसकेको कारोबार तथा राजश्व संकलनको प्रवृत्तिले देखाएको छ।

Esewa
Crest

असोजको तुलनामा कात्तिकमा राजस्व संकलनमा गिरावट आएको हो। असोजमा ३ अर्ब आठ करोड १२ लाख ४१ हजार ४८१ रुपैयाँ राजश्व संकलन भएको थियो। भूमि विभागका अनुसार चाडपर्वलगायतका कारणले गत असोजको तुलनामा कात्तिकमा राजस्व संकलनमा कमी आएको हो।

विभागका अनुसार काठमाडौं उपत्यकाभित्रका ९ वटा मालपोत कार्यालयहरुमध्ये सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले २४ करोड ५७ लाख ५४ हजार ८५८ रुपैयाँबराबर राजस्व संकलन गरेको छ।

मालपोत कार्यालय गोटीखेल ललितपुरले रु. ४ लाख ६७ हजार ७२०, भक्तपुरले रु. १७ करोड ६९ लाख २३ हजार ६४५, डिल्लीबजारले रु. १५ करोड ७७ लाख २० हजार ५४५ बराबरको राजस्व संकलन गरेको छ। विभागका अनुसार मालपोत कार्यालय चाबहिलले रु. २१ करोड ४२ लाख ४६ हजार ९९२, कलंकी मालपोत कार्यालयले रु. १७ करोड ८ लाख ४४ हजार ७५१, साँखु कार्यालयले रु. ४ करोड ७९ लाख ५४ हजार ९४२, मनमैजु कार्यालयले रु. ५ करोड ५० लाख ९३ हजार ६३२, टोखा कार्यालयले रु. ३ करोड ५७ लाख २७ हजार ६६५ बराबरको राजस्व संकलन गरेको छ।

मुलुकभर १३३ मालपोत कार्यालय छन्। ती कार्यालयले रु. १७ करोड ७८ लाख ३८ हजार ४६६ बराबरको सेवा कर उठाएको छ। यस्तै रजिस्ट्रेसन शुल्क रु. १ अर्ब ८२ करोड ९५ लाख ३० हजार १३१, पुँजीगत लाभकर रु. ९३ करोड ७७ लाख ९१ हजार ८२० संकलन गरेको छ।

विभागका अनुसार गत साउनमा रु. ३ अर्ब ८३ करोड ५० लाख ८२ हजार ८८५, भदौमा रु. ३ अर्ब ९ करोड २ लाख ५९ हजार १५२ बराबरको राजस्व संकलन भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS