काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा झिनो अंकले बढेको छ। नेप्से परिसूचक ४.९८ अंकले बढेर २७५३.७६ को विन्दुमा बन्द भएको हो।
आज नेप्से उपसमूहमा रहेका ९ वटा समूह बढेका छन् भने ४ वटा घटेका छन्। यो दिन होटल तथा पर्यटन समूह सर्वाधिक बढ्यो भने वित्त समूहमा सर्वाधिक गिरावट आएको छ।
बजारमा आज १४५ कम्पनीको शेयरभाउ बढेको छ भने ९२ वटाको घटेको छ। यो दिन ६ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
नेप्सेमा आज करिब पौने १२ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार ङादी ग्रुप पावरको भएको छ।
आज उच्च कारोबार भएका १० कम्पनी
- ङादी ग्रुप पावरः ४५ करोड १७ लाख रुपैयाँ
- समृद्धि फाइनान्सः ४१ करोड ८२ लाख रुपैयाँ
- जानकी फाइनान्सः ३५ करोड ४० लाख रुपैयाँ
- सिंगटी हाइड्रोः ३४ करोड रुपैयाँ
- नेपा फाइनान्सः २३ करोड १५ लाख रुपैयाँ
- मकर जितुमाया सुरी हाइड्रोपावरः २१ करोड ९१ लाख रुपैयाँ
- हिमालय ऊर्जाः २१ करोड १० लाख रुपैयाँ
- पिपुल्स पावरः १९ करोड ७१ लाख रुपैयाँ
- बेस्ट फाइनान्सः १७ करोड ६० लाख रुपैयाँ
- पोखरा फाइनान्सः १६ करोड ८ लाख रुपैयाँ