IME Life New

गृहलाई अर्थको पत्रः चारपांग्रे स्कुटर खरिद गर्न अपांगता भएका व्यक्तिलाई चाहिने सिफारिस सहज गरिदिन आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थ मन्त्रालयले अपांगता भएका व्यक्तिले चारपांग्रे स्कुटर खरिदमा पाउने राजस्व छुट लिन आवश्यक पर्ने सिफारिस सहज ढंगले उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिन गृह मन्त्रालयलाई आग्रह गरेको छ। अर्थले गृहलाई पत्र पठाउँदै यस्तो आग्रह गरेको हो।

चारपांग्रे स्कुटर खरिद गर्दा पाउने राजस्व छुटका लागि अपांगता भएका व्यक्तिले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट सिफारिस हुने व्यवस्था मूल्य अभिवृद्धि कर ऐन, २०५२, अन्तःशुल्क ऐन, २०५८ र भन्सार महसुल ऐन, २०८१ मा व्यवस्था गरिएको छ।

Esewa
Crest

यस सम्बन्धमा कतिपय जिल्ला प्रशासन कार्यालयहरुबाट अपांगता भएका व्यक्तिहरुलाई राजस्व छुटमा चारपांग्रे स्कुटर खरिदका लागि सिफारिस नगरेको गुनासो आएको पत्रमा उल्लेख छ। यो व्यवस्था कार्यान्वयनमा सहजीकरणका लागि सम्पूर्ण जिल्ला प्रशासन कार्यालयमा निर्देशन दिन गृहलाई अर्थले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS