IME Life New

बागलुङमा डिष्ट्रिक्ट ३२५ जे नेपालको दोस्रो क्याबिनेट बैठक सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लायन्स इन्टरनेसनल मल्टिपल डिष्ट्रिक्ट ३२५ जे नेपालको दोस्रो क्याबिनेट बैठक बागलुङमा सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा डिष्ट्रिक्टका विभिन्न पदमा सक्रिय लायन लिडरहरुलाई सम्मान तथा अवार्ड प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढकालले लायन्स क्लबले गरेको सेवाका बारेमा जति प्रशसा गरे पनि नपुग्ने बताए । उनले लायन्स क्लबले गर्ने सामाजिक कार्यहरुमा उद्योग वाणिज्य महासंघ सहकार्य गर्न तयार रहेको बताए ।

Esewa
Crest

डिष्ट्रिक्ट ३२५ जे नेपालका डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापाले अगष्ट, सेप्टेम्बर र अक्टोबर महिनामा उत्कृष्ट हुन सफल लायन लिडरहरुलाई पिन, मेडल तथा सर्टिफिकेट प्रदान गरी सम्मान गरिन् । यसबाहेक कार्यक्रम सफल बनाउन सहयोग गर्ने अन्य लायन लिडरहरुलाई पनि डिष्ट्रिक्ट गभर्नर थापाले सम्मान गरिन् ।

धौलागिरी एरियाका सबै क्लबहरुको संयुक्त आयोजनामा भएको दोस्रो क्याबिनेट बैठक कार्यक्रममा मल्टिपल डिष्ट्रिक्ट हंगर कोअर्डिनेटर लायन योगेन्द्र प्रधान, फस्ट पर्सन तथा मल्टिपल डिष्ट्रिक्ट कन्भेन्सन चियरपर्सन लायन ध्रुब बहादुर थापा, आईपिडीजी लायन हरिप्रसाद मरहट्टा, फस्ट भाईस डिष्ट्रिक्ट गभर्नर लायन मिलन बाबु मल्ल, सेकेन्ड भाईस डिष्ट्रिक्ट गभर्नर लायन प्रजापती बाँस्तोला, चिफ एडभाईजर लायन कुश प्रसाद मल्ली लगायतका लायन्स लिडरहरुले उपस्थित सबै लायन लिडरहरुलाई शुभकामना दिँदै सेवाका गतिविधि बढाउन आग्रह गरे ।

कार्यक्रममा बाल प्रतिभा, सामाजिक अभियन्ता प्रिन्सा रेग्मीले बालबालिका र अभिभावक बीचको सम्बन्धका बारेमा आफ्नो मन्तव्य दिएकी थिइन् ।

क्याबिनेट सेक्रेटरी लायन कृष्ण बहादुर अधिकारीले डिष्ट्रिक्टबाट भएका विभिन्न कार्यक्रमहरुको बारेमा संक्षित जानकारी गराए । त्यस्तै क्याबिनेट ट्रेजरर लायन कल्पना थापाले आय व्यय विवरण प्रस्तुत गरेकी थिइन् ।

सिल्भर प्यालेस पार्टी भेन्यूमा भएको कार्यक्रममा बागमती, गोर्खा, गण्डकी तथा धौलागिरी क्षेत्रका विभिन्न पदमा रहेका क्याबिनेट अफिसर्स, क्लब प्रेसिडेन्ट लगायत करिब ७७० जनाको उपस्थिती रहेको डिष्ट्रिक्टका पिआरओ चिफ लायन रामराजा थापाले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS