काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको भाउ बढाएको छ । डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ३ रुपैयाँले बढाइएको निगमले जनाएको छ । आज कात्तिक ३० गते शुक्रबार साँझ बसेको निगम सञ्चालक समिति बैठकले मध्यराति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टितेलको नयाँ मूल्य निर्धारण गरेको हो ।
अब डिजेल र मट्टितेलमा पहिलो वर्गका लागि १ सय ५० रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १५२ रुपैयाँ र तेस्रो वर्गमा १५३ रुपैयाँ कायम भएको जनाइएको छ । निगमले पेट्रोल, ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखेको जनाएको छ ।