IME Life New

चन्द्रागिरी हिल्सको साढे १९% ले बढ्यो नाफा, ईपीएस कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चन्द्रागिरी हिल्सले चालु आर्थिक वर्षको प्रथम त्रैमास (साउन–असोज)सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले २ करोड ५५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले २ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा नाफा १९.४५ प्रतिशतले बढेको छ।

Esewa
Crest

प्रथम त्रैमासमा कम्पनीले सेवा प्रवाहबाट १९ करोड ५८ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले २० करोड ६१ लाख रुपैयाँ आम्दानी गरेको थियो। अघिल्लो वर्षको तुलनामा आम्दानी ४.९९ प्रतिशतले घटेको छ। कम्पनीको अन्य आम्दानी ७ लाख ५४ हजार रुपैयाँ रहेको छ।

चुक्तापुँजी १ अर्ब ५३ करोड ४० लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भ ४ करोड ५१ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष पनि रिजर्भ २१ करोड ३० लाख रुपैयाँले ऋणात्मक थियो।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १.६६ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको वार्षिकीकृत ईपीएस १.३९ रुपैयाँ थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ ९७.०६ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS