काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक १३ दशमलव ९५ अंकले बढेर २,७४८ को विन्दुमा कायम भएको छ । आज १५९ कम्पनीको मूल्य बढेको छ भने ७९ कम्पनीको मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै गुराँस लघुवित्त, स्वाभिमान लघुवित्त,र अपर हेवाखोला हाइड्रोका लगानीकर्ताले कमाएका छन् । यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । ङादी ग्रुप पावरका लगानीकर्ताले ९ दशलमव ९७ प्रतिशतका दरले कमाएका छन् ।