IME Life
GBIME

शिव सिमेन्टको नाफा सवा १ करोड, ईपीएस रु. १ मात्र

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । शिवम सिमेन्टले चालु आर्थिक वर्षको प्रथम त्रैमास (साउन–असोज)को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा १ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ५ करोड ३४ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।

Crest

समीक्षा अवधिमा कम्पनीले उत्पादन बिक्रीबाट १ अर्ब ४० करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १ अर्ब ६२ करोड ७५ लाख रुपैयाँ आम्दानी गरेको थियो। समीक्षा अवधिमा कम्पनीको आम्दानी १३.५९ प्रतिशतले घटेको छ।

कम्पनीको बिक्री खर्च १ अर्ब ३० करोड रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही अवधिमा बिक्री खर्च १ अर्ब ४५ करोड रुपैयाँ थियो। कम्पनीको बिक्री खर्च घटेको छ।

चुक्तापुँजी ५ अर्ब २ करोड ७० लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भमा ३ अर्ब ५३ करोड १८ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिजर्भमा ३ अर्ब ५७ करोड ५० लाख रुपैयाँ थियो। रिजर्भको आकार घटेको छ।

कम्पनीको प्रतिशत शेयर आम्दानी (ईपीएस) १.०२ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १८९.२८ रुपैयाँ रहेको छ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS