IME Life New

आम्दानी घट्दा युनिलिभरको नाफामा संकुचन, ईपीएस कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युनिलिभर नेपालले चालु आर्थिक वर्ष २०८१।८२ को प्रथम त्रैमास (साउन–असोज)को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिमा कम्पनीले ५२ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ५५ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफामा ४.६३ प्रतिशतको गिरावट आएको छ।

Esewa
Crest

कम्पनीको उत्पादन बिक्रीबाट हुने आम्दानी पनि ३.०४ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको आम्दानी २ अर्ब ३२ करोड ५१ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिमा घटेर २ अर्ब २५ करोड ४५ लाख रुपैयाँमा खुम्चिएको छ।

कम्पनीको अन्य आम्दानी २ करोड ६७ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही अवधिमा अन्य आम्दानी २ करोड ७९ लाख रुपैयाँ भएको भएको थियो। कम्पनीको अन्य आम्दानी पनि घटेको छ।

समीक्षा अवधिमा कम्पनीले कच्चा पदार्थमा १ अर्ब २ करोड ५१ लाख रुपैयाँ र कर्मचारीको तलब सुविधामा १७ करोड ७७ लाख रुपैयाँ खर्च गरेको छ। अघिल्लो वर्ष कम्पनीले कच्चा पदार्थमा १ अर्ब ५ करोड ८८ लाख रुपैयाँ र कर्मचारीको तलब सुविधामा १५ करोड २१ लाख रुपैयाँ खर्च गरेको थियो।

चुक्तापुँजी ९ करोड २१ लाख रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङमा ५ अर्ब २८ करोड १३ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिमा रिटेन्ड अर्निङमा ४ अर्ब ८२ करोड १४ लाख रुपैयाँ थियो।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) २ हजार ९६ रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिमा ईपीएस २ हजार २१८ रुपैयाँ थियो। पीई रेसियो २३.५० गुणा रहेको रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ५ हजार ८३६ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS