IME Life New

नागरिक लगानी कोषको नाफा रु. ३० करोड माथि, अन्य सूचक कस्ता ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नागरिक लगानी कोष (सीआईटी)ले चालु आर्थिक वर्षको प्रथम त्रैमास (साउन–असोज)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिमा कोषले ३० करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कोषले २६ करोड ४८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा कोषको नाफा १३.६२ प्रतिशतले बढेको छ।

Crest

समीक्षा अवधिसम्म कोषको ब्याज आम्दानी पनि ३.७९ प्रतिशतले बढेर ११ करोड ९८ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म कोषको ब्याज आम्दानी १२ करोड ४५ लाख रुपैयाँ थियो। यो ३ महिनामा कोषले सेवा शुल्क तथा कमिसनबापत ३९ करोड १६ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म यस्तो आम्दानी ३२ करोड ९५ लाख रुपैयाँ थियो।

चुक्तापुँजी ६ अर्ब ५ करोड ७६ लाख रुपैयाँ रहेको कोषको जगेडा कोषको आकार २१.५७ प्रतिशतले घटेर १८ अर्ब ३४ करोड १६ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा कोषको जगेडामा २३ अर्ब ३८ करोड ४३ लाख रुपैयाँ थियो।

समीक्षा अवधिसम्म कोषको कुल लगानी २ खर्ब ३५ अर्ब रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कोषको कुल लगानी २ खर्ब ३१ अर्ब रुपैयाँ थियो।

कोषको प्रतिसेयर आम्दानी (ईपीएस) भने घटेर १९.८७ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म ईपीएस १९.९४ रुपैयाँ थियो। लगानीमा प्रतिफल ६.९४ प्रतिशत रहेको कोषको प्रतिसेयर नेटवर्थ १५७.४२ रुपैयाँ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS