IME Life New

दुई हाइड्रोपावर कम्पनीको शेयरमूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा दुई हाइड्रोपावर कम्पनीको शेयरमूल्य समायोजन भएको छ। नेप्सेमा बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य समायोजन भएको हो।साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले मन्दाकिनीको ५ प्रतिशत र विन्ध्यबासिनीको ८ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात मन्दाकिनीको मूल्य ८०४ रुपैयाँ ६७ पैसा कायम भएको छ भने विन्ध्यबासिनीको ६३५ रुपैयाँ १९ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन मन्दाकिनीको शेयर प्रतिकित्ता ८४४ रुपैयाँ ९० पैसा र विन्ध्यबासिनीको ६८६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

Esewa
Crest

आज यही समायोजित मूल्यलाई आधार मानेर दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS