काठमाडौं । शेयर बजारमा मंगलबार करेक्सन आएको छ। नेप्से परिसूचक ११.२४ अंकले घटेर २७४८.९६ को विन्दुमा बन्द भएको हो।
बजार घट्दा १५७ कम्पनीको शेयरभाउ घटेको छ भने ८० कम्पनीको बढेको छ। यो दिन ७ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ३ वटा बढेको छ भने १० वटा घटेको छ। वित्त समूह सर्वाधिक १.१२ प्रतिशतले उकालो लागेको छ भने अन्य समूह सर्वाधिक १.१८ प्रतिशतले ओरालो लागेको छ।
बजारमा आज ७ अर्ब ८५ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार गुडविल फाइनान्सको भएको छ।
आज उच्च कारोबार भएका १० कम्पनी
- गुडविल फाइनान्सः २९ करोड २८ लाख रुपैयाँ
- बेस्ट फाइनान्सः २९ करोड २५ लाख रुपैयाँ
- आँखुखोला जलविद्युतः २५ करोड ५९ लाख रुपैयाँ
- जानकी फाइनान्सः २० करोड ५९ लाख रुपैयाँ
- पिपुल्स हाइड्रोपावरः १९ करोड ३३ लाख रुपैयाँ
- लक्ष्मी सनराइज बैंकः १९ करोड १० लाख रुपैयाँ
- समृद्धि फाइनान्सः १५ करोड ८४ लाख रुपैयाँ
- साहस ऊर्जाः १३ करोड २० लाख रुपैयाँ
- सानिमा माई हाइड्रोपावरः १३ करोड २ लाख रुपैयाँ
- सुपर मादी हाइड्रोपावरः १२ करोड ६२ लाख रुपैयाँ