IME Life New

रु. ५ अर्बको ऋणपत्र ल्याउँदै निफ्रा, धितोपत्र बोर्डसँग माग्यो अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र ल्याउने भएको छ।

निफ्राले ‘निफ्रा ऊर्जा डिबेन्चर–२०८८।८९’नाम ऋणपत्र ल्याउन नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको हो। धितोपत्र बोर्डले अनुमति दिएपछि निफ्राले सर्वसाधारणका लागि ऋणपत्र बिक्री खुला गर्नेछ।

Esewa
Crest

निफ्राले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ ऋणपत्र जारी गर्नेछ। कुल इकाइमध्ये निफ्राले ३० लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी २० लाख इकाइ सर्वसाधारणका लागि जारी गर्नेछ।

निफ्राको यो ऋणपत्र ७ वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ६ प्रतिशत ब्याज पाउनेछन्।

निफ्राको ऋणपत्र बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS