IME Life New

१४औं वार्षिकोत्सवको अवसरमा फुडमाण्डुले सार्वजनिक गर्यो ‘फुडमाण्डु वानमार्ट’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फुडमाण्डुले आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा फुडमाण्डु वानमार्ट सार्वजनिक गरेको छ । सन् २०१० मा स्थापना भएदेखि फुडमाण्डुले अनलाइन फुड डेलिभरी सेवा सुरु गरेर ग्राहकलाई आफ्नो मनपर्ने रेस्टुरेन्टको खाना सजिलै घरमै पुर्याउँदै आएको छ । अहिले फुडमाण्डु काठमाडौं, पोखरा र चितवनमा पूर्ण रुपमा स्थापित भइसकेको छ ।

फुडमाण्डु वानमार्टको सुरुवातसँगै अब फुडमाण्डुले ग्राहकहरुलाई ग्रोसरी लगायत दैनिक आवश्यक वस्तुहरु पनि घरमै डेलिभरी गर्नेछ । अब ग्राहकहरूले फुडमाण्डु एपबाट ७०० भन्दा बढी उच्च गुणस्तरीय वस्तुहरुको तुरुन्तै र भरपर्दो डेलिभरी पाउनेछन् ।

Esewa
Crest

हालको लागि यो सेवा गैरीधाराबाट ३ किलोमिटरको दायरा भित्र पर्ने महाराजगन्ज, धुम्बाराही, बालुवाटार र मैतीदेवी जस्ता क्षेत्रहरूमा उपलब्ध छ भने छिटै नै यो सेवा काठमाडौं उपत्यकाभरी विस्तार गरिने कम्पनीले जनाएको छ ।

फुडमाण्डुका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले भने, “फुडमाण्डुले ग्राहकवर्गको आवश्यकता अनुसार सेवालाई विकास गर्दै आएको छ । फुडमाण्डु वानमार्टको माध्यमबाट हामी ग्राहकलाई दैनिक आवश्यक पर्ने हरेक दिनको किनमेललाई पनि मनपर्ने खाना अर्डर गरे जस्तै सहज बनाउन चाहन्छौं ।”

यसका साथै, १४ औं वार्षिकोत्सवको अवसरमा फुडमाण्डुले ʻफ्यान्टास्टिक १४’ नामक सेल्स क्याम्पेनको सुरुवात गर्दै ७०५ सम्मको छुट प्रदान गर्ने भएको छ । यस क्याम्पेनमा ग्राहकहरूलाई फ्ल्याट डिस्काउन्ट, कम्बो अफर, बाई वान गेट वान डिल, क्याटेगोरी क्रन्च, फोर्टिन बाइट्स प्लेटर, फोर्टिन डेज – फोर्टिन मेगा अफर र फोर्टिन्थ आवर सेल्स जस्ता आकर्षक अफरहरू उपलब्ध हुनेछन् । यी सबै अफरहरू फुडमाण्डुको १४ वर्षको अद्भुत यात्राको उत्सव मनाउन र ग्राहकहरूलाई आभार व्यक्त गर्न तयार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS