IME Life New

गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे काठमाडौंबाट पक्राउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे पक्राउ गरेका छन्। ज्यानमार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे पक्राउ परेका छन्। प्रहरीले मनाङेलाई आज काठमाडौंको सानो भर्याङबाट पक्राउ गरेको हो।

काठमाडौंको सानोभर्याङस्थित कम्फर्ट हाउजिङबाट मनाङेलाई प्रहरीले पक्राउ गरेको हो। ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतले गत कात्तिक २० गते मनाङेलाई दोषी ठहर गरेको थियो। फैसला कार्यान्वयनका लागि मनाङेलाई अदालत उपस्थित गराइने भएको छ।

Esewa
Crest

न्यायाधीश डा नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि तत्कालीन पुनरावेदन अदालत (हालको उच्च अदालत) पाटनले गरेको फैसलालाई सदर गरेको हो। पाटन अदालतले मनाङेलाई वर्ष वर्ष कैदको फैसला सुनाएको थियो। सर्वोच्चले पाटन अदालतको फैसला सदर गरेसँगै मनाङेविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।

मनाङेको समूहले २०६१ सालमा डन भनेर चिनिने मिलन चक्रे भनिने मिलन गुरुङलाई तरबार हानेका थिए। सोही घटनालाई लिएर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मनाङे समूहविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो। तर, जिल्ला अदालत काठमाडौंले कर्तव्य ज्यान नभई कुटपिट भएको ठहर गर्दै मनाङेलाई २ वर्ष जेल सजाय सुनाएको थियो। गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई भने सफाइ दिइएको थियो।

सोही फैसलाविरुद्ध सरकारी वकिलको कार्यालय पुनरावेदन अदालत पाटन गएको थियो। अदालतले २०६९ मा ज्यान मार्ने उद्योग (प्रयास) गरेको ठहर गर्दै मनाङेलाई ५ वर्ष जेल सजाय सुनाएको थियो। अरुलाई सफाइ दिने जिल्ला अदालतको फैसलालाई सदर गरेको थियो। रकारी वकिलको कार्यालय मनाङेबाहेकका चारजनालाई पनि सजाय माग गर्दै सर्वोच्च गएको थियो। त्यही मुद्दामा २०७५ सालमा न्यायाधीश दीपकराज जोशी र पुरुषोतम भण्डारीको संयुक्त इजलासले पुनरावेदनकै फैसला सदर गरेको थियो।

तत्कालीन पुनरावेदन अदालतले ५ वर्ष कैद सजाय सुनाएपछि मनाङे पक्राउ परेका थिए। तर, १० वर्षभन्दा कम जेल सजाय भएको मुद्दामा जेलबाहिर रहेर पुर्पक्ष गर्न पाइने कानुनी व्यवस्था अनुसार उनी रिहा भएका थिए।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS