काठमाडौं । शेयर बजार आज तीव्र उतारचढावबीच उकालो लागेर बन्द भएको छ। नेप्से परिसूचक २२.१४ अंकले बढेर २७६०.२१ को विन्दुमा बन्द भएको हो।
दोहोरो अंक नेप्से बढ्दा १३ वटा उपसमूहमध्ये ८ वटा बढेको छ भने ५ वटा घटेको छ। आज लघुवित्त समूह सर्वाधिक ३.२ प्रतिशतले बढ्दा वित्त समूह सर्वाधिक ०.३० प्रतिशतले घटेको छ।
आज बजारमा १४३ कम्पनीको शेयरभाउ बढेको छ। ९२ कम्पनीको शेयरभाउ घट्दा ९ वटाको स्थिर रहेको छ।
यो दिन बजारमा सवा ११ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार साहस ऊर्जाको भएको छ।
आज उच्च कारोबार भएका १० कम्पनी
- साहस ऊर्जाः ३८ करोड १७ लाख रुपैयाँ
- हिमालयन रिइन्स्योरेन्सः २६ करोड १५ लाख रुपैयाँ
- अरुण भ्याली हाइड्रोपावरः २५ करोड १० लाख रुपैयाँ
- सानिमा माई हाइड्रोपावरः २२ करोड ७६ लाख रुपैयाँ
- समृद्धि फाइनान्सः २१ करोड ७८ लाख रुपैयाँ
- सिंगटी हाइड्रोः २१ करोड ७५ लाख रुपैयाँ
- एनएलजी इन्स्योरेन्सः २० करोड ४१ लाख रुपैयाँ
- सानिमा जीआईसी इन्स्योरेन्सः २० करोड २० लाख रुपैयाँ
- अरुण काबेली पावरः १८ करोड ८७ लाख रुपैयाँ
- ङादी ग्रुप पावरः १७ करोड ७८ लाख रुपैयाँ