IME Life New

श्रम स्वीकृति लिएका नेपालीलाई भारतबाट गन्तव्य मुलुक जाँदा एनओसी नचाहिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । श्रम स्वीकृति पाएका नेपाली नागरिकलाई भारत हुँदै गन्तव्य मुलुक जाने अब नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाहिने भएको छ।

दिल्लीस्थित नेपाली दूतावासले सोमबार सूचना जारी गर्दै यसबारेमा जानकारी गराएको हो। श्रम स्वीकृति लिएका नेपालीलाई भारतको एयरपोर्ट हुँदै गन्तव्य मुलुक जान एनओसी नचाहिने सूचनामा उल्लेख छ।

Esewa
Crest

वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिएका नेपालीका लागि यस दूतावासबाट एनओसी लिन आवश्यक नपर्ने सूचनामा जनाइएको छ। ‘श्रम स्वीकृति नभई साउदी अरेबिया, कतार, कुवेत, यूएई, ओमान, बहराइन, इराक, लिबिया र लेबनन जानेलाई भने एनओसी चाहिनेछ’, सूचनामा भनिएको छ।

दूतावासका अनुसार अमेरिका, बेलायत तथा सेन्जेन मुलुकको भिसा भएका नेपाली नागरिकलाई पनि एनओसी चाहिने छैन। ‘रुसमा छात्रवृत्ति तथा व्यापार भिसामा जाने नेपालीले भने एनओसी लिनुपर्नेछ’, सूचनामा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS