IME Life New

कुल ९६० मेगावाटको ६४ सोलार परियोजना स्वीकृत, कुन-कुन कम्पनी भए छनोट ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न स्थानमा सोलार परियोजना निर्माण गर्न कम्पनीहरु छनोट गरेको छ।

प्राधिकरणले देशका विभिन्न ६४ स्थानमा सोलार परियोजना निर्माणको ठेक्का दिन कम्पनीहरु छनोट गरेको हो। ती परियोजना ग्रिडमा जडान गर्न मिल्ने खालका हुनेछन्।

Esewa
Crest

प्राधिकरणले केही समयपहिले सोलार परियोजना निर्माणका लागि इच्छुक कम्पनीहरुका लागि राष्ट्रिय प्रतिस्पर्धी बोलपत्र आह्वान गरेको थियो। त्यस क्रममा बोलपत्र पेस गर्नेहरुमध्ये छनोट भएका कम्पनीहरुको नामावली प्राधिकरणले सार्वजनिक गरेको छ।

ती सोलार परियोजना ५ मेगावाटदेखि ५० मेगावाटसम्मका छन्। कुल ९६० मेगावाटको सोलर परियोजना प्राधिकरणले स्वीकृत गरेको छ।

नेपालमा हाल सञ्चालित र निर्माणाधीन सबै जलविद्युत आयोजना नदीमा आधारित रहेका छन्। हिउँदमा ती आयोजनाको विद्युत उत्पादन क्षमता घट्ने हुँदा प्राधिकरणले सोलार परियोजनालाई अगाडि बढाउन लागेको हो। किनकि सोलार परियोजना १–२ वर्षमै निर्माण सम्पन्न हुन्छ।

सोलार परियोजनाले हिउँदयाममा देखिने विद्युतको संकट टार्ने प्राधिकरणले जनाएको छ।

Nea Solar Project

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS