IME Life New

साहस ऊर्जाको वित्तीय स्थिति बलियो, नाफा रु. ४० करोड माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौैं । साहस ऊर्जा सिंगटी हाइड्रो इनर्जीले चालु आर्थिक वर्षको प्रथम त्रैमास (साउन–असोज)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणबाट कम्पनीको वित्तीय स्थिति बलियो देखिएको छ।

समीक्षा अवधिमा कम्पनीले ४० करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ३४ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको थियो। कम्पनीको नाफामा १६.०७ प्रतिशतको उछाल आएको छ।

Esewa
Crest

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीले विद्युत बिक्रीबाट ८६ करोड ७१ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ८९ करोड ३३ लाख रुपैयाँ आम्दानी गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको आम्दानी ३.९३ प्रतिशतले घटेको छ।

समीक्षा अवधिमा कम्पनीले ७२ लाख ६९ हजार रुपैयाँ अन्य आम्दानी गरेको छ। चुक्तापुँजी ३ अर्ब ५० करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भमा २ अर्ब ९६ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिजर्भमा २ अर्ब ४९ करोड रुपैयाँ थियो। रिजर्भको आकार १८.६७ प्रतिशतले बढेको छ।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ४५.७४ रुपैयाँ, मूल्य आम्दानी अनुपात (पीई रेसियो) १०.६० गुणा र प्रतिशेयर नेटवर्थ १८४.८९ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS