IME Life New

सिंगटी हाइड्रोको नाफा ११३% ले बढ्दा ईपीएस कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौैं । सिंगटी हाइड्रो इनर्जीले चालु आर्थिक वर्षको प्रथम त्रैमास (साउन–असोज)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिमा कम्पनीले ११ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ५ करोड २८ लाख रुपैयाँ नाफा कमाएको थियो। कम्पनीको नाफामा ११३.०५ प्रतिशतको उछाल आएको छ।

Esewa
Crest

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीले विद्युत बिक्रीबाट २६ करोड ३५ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट २६ करोड ४३ लाख रुपैयाँ आम्दानी गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको आम्दानी ०.२८ प्रतिशतले घटेको छ।

समीक्षा अवधिमा कम्पनीले २२ लाख रुपैयाँ अन्य आम्दानी गरेको छ। चुक्तापुँजी २ अर्ब ९० करोड रुपैयाँ रहेको कम्पनीको शेयर प्रिमियममा २५ करोड ११ लाख रुपैयाँ रहेको छ।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ३.८८ रुपैयाँ, मूल्य आम्दानी अनुपात (पीई रेसियो) ६६.२१ गुणा र प्रतिशेयर नेटवर्थ १०२.२१ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS