IME Life New

मूल्य समायोजनपछि सगरमाथा जलविद्युतको शेयरभाउ कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बोनस शेयरका लागि सगरमाथा जलविद्युत कम्पनीको शेयरमूल्य समायोजन गरेको छ।

नेप्सेले शेयरमूल्य समायोजन गर्दै सगरमाथा जलविद्युतको प्रतिकित्ता ५८४.२५ रुपैयाँ कायम गरेको छ। आइतबारको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता ६१२ रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार नै यो कम्पनीको शेयर कारोबारमा आउनेछ।

Esewa
Crest

कम्पनीले वार्षिक साधारणसभा र लाभांश वितरण प्रयोजनार्थ आज कात्तिक २६ गते बुक क्लोज गरेको छ। यसको हिजो कात्तिक २५ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।

कम्पनीले आर्थिक वर्ष २०८०।८१ का लागि हाल कायम चुक्तापुँजीको ४.७५ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशतका दरले नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश पारित गर्न कम्पनीले मंसिर १४ गते काठमाडौंको शंखपार्कस्थित स्मार्ट दरबारमा चौथो वार्षिक साधारणसभा डाकेको छ। सभा बिहान ९ बजे सुरु हुनेछ।

सभाले लाभांश वितरणको प्रस्ताव पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्। बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियामावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ। सभाले अन्य कम्पनीमा लगानी गर्ने अर्को विशेष प्रस्ताव अनुमोदन गर्नेछ।

सोही सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। यसका साथ चालु आर्थिक वर्षका लागि लेखापरीक्षको नियुक्ति र निजको पारिश्रमिक निर्धारणको प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS