IME Life New

सूर्यज्योति लाइफको ५.८२ लाख बढी कित्ता शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको ५ लाख ८२ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।

कम्पनीका केही संस्थापक शेयरधनीहरुको ५ लाख ८२ हजार ८५८ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।

Esewa
Crest

शेयर खरिदका लागि निवेदन दिन ३५ दिनको म्याद दिइएको छ। उक्त अवधिभित्र इच्छुक संस्थापक शेयरधनीले काठमाडौंको थापाथलीस्थित एनआईसी एसिया क्यापिटलमा निवेदन दिन सक्नेछन्।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीबाट खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS