IME Life New

काेशी, बागमती र लुम्बिनीमा एशियन लाइफको अभिकर्ता सम्मान कार्यक्रम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले बागमतीको साैराहा, लुम्बिनीको बुटवल र कोशिको फिदिममा शनिबार एक साथ अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ। वार्षिक तालिका अनुसार यी तीनवटै प्रदेशको स्थानीय स्तरमा उत्कृष्ट अभिकर्तालाइ सम्मान गरिएको इन्स्योरेन्सले जानकारी दिएको छ।

साैराहामा आयोजित कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठले मकवानपुर, चितवन, धादिङ र कावासोतीका अभिकर्तालाई सम्मान गरेका थिए । कार्यक्रमको अवसरमा डा. तारा प्रसाद गिरीले अभिकर्तालाई व्यवसायीक शिप र बिक्री कला सम्बन्धमा तालिम दिएका थिए । सम्मान कार्यक्रममा कार्यक्रममा धादिङ शाखा प्रबन्धक प्रकाश ढुङ्गाना, नारायगढ प्रबन्धक सूर्य प्रसाद आचार्य, हेटाैडा शाखा प्रबन्धक हिरालाल श्रेष्ठ र उपशाखा प्रमुख र वरिष्ठ अभिकर्ताहरूको सहभागिता रहेको थियो।

Esewa
Crest

यसैगरी लुम्बिनी प्रदेशको बुटवलमा नवलपरासी, रूपन्देही, कपिलवस्तु र पाल्पा जिल्लाका अभिकर्ताको सम्मान कार्यक्रम सम्पन्र भएको इन्स्योरेन्सले जानकारी दिएको छ। डेप्युटी मार्केटिङ हेड विजय पराजुलीले सहभागि अभिकर्तालाई प्रशंसा पत्र वितरण गरेका थिए। बीमा प्रशिक्षक बालाकृष्ण शर्माले अभिकर्तालाई प्रशिक्षण दिएका थिए। कार्यक्रमको अवसरमा पेशागत बीमा अभिकर्ता संघ बीमक समितका अध्यक्ष दामोदर लामिछाने, उपाध्यक्ष गोविन्द पन्थका साथै इन्स्योरेन्सको प्रदेश प्रमुख केशव राज गिरी, पाल्पा शाखा प्रबन्धक बसन्त भुषाल, बुटवल शाखा प्रबन्धक राजन केसी, बर्दघाट प्रबन्धक खडानन्द अधिकारी,भैरहवा प्रबन्धक शान्ता पाण्डे, र उपशाखा प्रमुखहरूको उपस्थिति रहेको थियो।

कोशी प्रदेशको फिदिममा प्रदेश प्रमुख रितु प्रधानले पाँचथरका अभिकर्तालाइ सम्मान पत्र वितरण गरेका छन् । कार्यक्रममा फिदिम शाखा प्रबन्धक दिनेश श्रेष्ठ र स्थानीय उपशाखा प्रमुखहरूको समेत सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS