IME Life New

तिहारपछि दुई दिन नै बजार घट्दा पनि टन्नै कमाउने शेयर कुन-कुन ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । तिहारपछि खुलेको शेयर बजारमा यो साता दुई दिनमात्रै कारोबार भएको छ। दुवै कारोबार दिनमा बजार सामान्य घटेको छ।

तिहारअघि नेप्से परिसूचक २६७७.६२ को विन्दुमा बन्द भएको थियो। तिहारपछि खुलेको बजारमा घटेर २६७५.५१ को विन्दुमा बन्द भएको छ। यो दिनमा नेप्से २.११ अंकले मात्रै घटेको छ।

Esewa
Crest

यो साता १३ वटा उपसमूहमध्ये ८ वटा बढेका छन् भने ५ वटा घटेका छन्। यो साता होटेल तथा पर्यटन, अन्य, जलविद्युत, विकास बैंक, निर्जीवन बीमा, वित्त, जीवन बीमा र म्युचुअल फन्ड समूह बढेका छन्। बैंकिङ, उत्पादन तथा प्रशोधन, व्यापार, लघुवित्त र लगानी समूह घटेका छन्।

दुई कारोबार दिन बजार घटे पनि केही कम्पनीको शेयरमूल्य १६ प्रतिशतले पनि वृद्धि भएको छ।

यो साता सुपरमाई हाइड्रोपावरको शेयरमूल्य १६.०८ प्रतिशतले वृद्धि भएको छ। गत साता १०३७ रुपैयाँमा बन्द भएको कम्पनीको बजारमूल्य यो साता १२०३.८० रुपैयाँमा बन्द भएको छ। यो साता कम्पनीको बजारमूल्य प्रतिकित्ता १६६.८० रुपैयाँले बढेको छ।

त्यस्तै दोस्रोमा रिभर फल्स पावरको शेयरमूल्य १२.९४ प्रतिशतले वृद्धि भएको छ। गत साता ६४९.९० रुपैयाँमा बन्द भएको कम्पनीको बजारमूल्य यो साता ७३४ रुपैयाँमा बन्द भएको छ। यो साता कम्पनीको बजारमूल्य प्रतिकित्ता ८४.१० रुपैयाँले बढेको छ।

तेस्रोमा नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य १२.०४ प्रतिशतले वृद्धि भएको छ। गत साता ६६२ रुपैयाँमा बन्द भएको कम्पनीको बजारमूल्य यो साता ७४१.७० रुपैयाँमा बन्द भएको छ। यो साता कम्पनीको बजारमूल्य प्रतिकित्ता ७९.७० रुपैयाँले बढेको छ।

तिहारपछिको कारोबारमा सर्वाधिक शेयरमूल्य वृद्धि हुने १० कम्पनी

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS