काठमाडौं । शेयर बजार बुधबार पनि झिनो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक १.८८ अंकले घटेर २६७५.५१ को विन्दुमा बन्द भएको छ।
बजारमा आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ५ वटा बढेका छन् भने ८ वटा घटेका छन्। यो दिन म्युचुअल फन्ड समूह सर्वाधिक १.०९ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा समूह सर्वाधिक ०.८७ प्रतिशतले घटेको छ।
आज १२१ वटा कम्पनीको शेयरभाउ बढ्दा ११७ कम्पनीको घटेको छ भने ६ वटाको स्थिर रहेको छ।
यो दिन बजारमा करिब सवा ५ अर्ब रुपैयाँको कारोबार भएको छ। कारोबार हिजोको तुलनामा बढेको छ। आज नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ।
आज उच्च कारोबार भएका १० कम्पनी
- नेपाल फाइनान्सः ३५ करोड ३८ लाख रुपैयाँ
- पिपुल्स हाइड्रोपावरः २३ करोड ९४ लाख रुपैयाँ
- समृद्धि फाइनान्सः २३ करोड ७५ लाख रुपैयाँ
- सानिमा जीआईसी इन्स्योरेन्सः १९ करोड ७३ लाख रुपैयाँ
- एसआईबीको ऋणपत्रः १५ करोड ७५ लाख रुपैयाँ
- युनाइटेड मोदी हाइड्रोपावरः ११ करोड ८१ लाख रुपैयाँ
- साहस ऊर्जाः ११ करोड ५९ लाख रुपैयाँ
- सिनर्जी पावरः ९ करोड ९७ लाख रुपैयाँ
- गुडविल फाइनान्सः ८ करोड ८ लाख रुपैयाँ
- रिलायन्स फाइनान्सः ७ करोड ९४ लाख रुपैयाँ