IME Life
GBIME

नेप्सेमा दुई कम्पनीको शेयर मूल्य समायोजन

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । बलेफी हाइड्रोपावर र लिवर्टी इनर्जी कम्पनीकोे शेयर मूल्य समायोजन भएको हो । यी दुई कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेले बलेफी हाइड्रोपावरको १०० प्रतिशत हकप्रद शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य ३०६ रुपैयाँ ६० पैसा कायम भएको छ । नेप्सेले आज कारोबार दिनको अन्तिम मूल्यका आधारमा शेयर मूल्य समायोजन गरेको हो । आज दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता ५१३ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको थियो ।

Crest

त्यस्तै नेप्सेले लिवर्टी इनर्जीको ५० प्रतिशत हकप्रद शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य २१७ रुपैयाँ ३३ पैसा कायम भएको छ । नेप्सेले आज कारोबार दिनको अन्तिम मूल्य प्रतिकित्ता २७६ रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

50%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS