काठमाडौं । आज शेयर बजार सामान्य घटेर बन्द भएको छ । आज तिहारपछिको पहिलोे कारोबार शेयर बजार नेप्से परिसूचक ० दशलमव २१ अंकले घटेर २,६७७ को विन्दुमा कायम भउको छ । आज ११३ कम्पनीको शेयर मूल्य बढेको छ भने १२४ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३०२ कम्पनीको ९७ लाख १३ हजार ७३० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २० करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २९ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा जिआइसी इन्स्योरेन्सको १६ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनएलजी इन्स्योरेन्सको १५ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सुपरमाइ हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । समाज लघुवित्तका लगानीकर्ताले ९ दशलमव ९५ प्रतिशतका दरले कमाएका छन् । यूनाइटेड मोदीका लगानीकर्ताले ९ दशलमव ५१ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै मिड सोलु हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।