काठमाडौं । सीईडीबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ । सभा कालिमाटीस्थित कालिमाटी ब्याङ्क्वेटमा सम्पन्न भएको कम्पनीको भनाइ छ ।
सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र नियामक निकायको निर्देशन अनुसार प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन तथा थपघट गर्न आवश्यक भएमा सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गरेको छ ।
साथै सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट रमेश प्रसाद नेपाल ,उत्तम भ्लोन ,अनिल कुमार रुङ्गटा ,प्रविन महर्जन र आयुषा श्रेष्ठलाई संचालकमा निर्वाचित गरेको छ ।