IME Life New

आजसम्म कायम शेयरधनीले यी दुई हाइड्रोपावर कम्पनीको हकप्रद भर्न पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दुई हाइड्रोपावर कम्पनीको हकप्रद शेयर भर्न योग्य हुने आज कात्तिक २० गते अन्तिम दिन रहेको छ।

लिबर्टी इनर्जी र बलेफी हाइड्रोपावर कम्पनीको हकप्रद शेयर भर्न योग्य हुने आज अन्तिम रहेको हो। हकप्रद शेयर निष्कासन प्रयोजनार्थ यी दुवै कम्पनीले भोलि कात्तिक २१ गते बुक क्लोज गर्दैछन्। यसको अर्थ आज कात्तिक २० गतेसम्म कायम शेयरधनीहरुमात्रै यी दुवै कम्पनीको हकप्रद शेयर भर्न पाउँछन्।

Esewa
Crest

नेपाल धितोपत्र बोर्डले गत असोज २३ गते लिबर्टी इनर्जीलाई हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको थियो।

म्पनीले चुक्तापुँजीको १ः०.५ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद शेयर आफ्ना शेयरधनीहरुलाई बिक्री खुला गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ७५ लाख कित्ता हकप्रद शेयर जारी गर्नेछ।

हकप्रद शेयर बिक्रीबाट कम्पनीले ७५ करोड रुपैयाँ संकलन गर्नेछ। हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ।

लिबर्टी इनर्जीको हकप्रद बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

यसैगरी धितोपत्र बोर्डले गत कात्तिक ४ गते बलेफी हाइड्रोपावरलाई हकप्रद शेयर जारी गर्ने अनुमति दिएको थियो। धितोपत्र बोर्डको अनुमतिसँगै अब कम्पनीले आफ्ना शेयरधनीहरुलाई चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी गर्नेछ।

कम्पनीले कुल १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँबराबरको हकप्रद शेयर बिक्री खुला गर्नेछ। जसअनुसार १०० रुपैयाँ अंकित दरका कुल १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता शेयर कम्पनीले जारी गर्नेछ।

बलेफी हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS