IME Life New

भाइटीकाका दिन यी स्थानमा वर्षको सम्भावना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले तिहारको भाइटीकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार शुक्रबार पनि मुलुकको केही स्थानमा मौसम बदली भई छिटपुट वर्षा भएको छ।

मौसमविद् सञ्जीव अधिकारीले आज पनि मौसम बदली भई भाइटीकाको दिन अझै बढी मौसम बदली हुने र हल्कादेखि मध्यम वर्षा हुने जानकारी दिए। ‘आइतबार (भाइटीकाको दिन) कोशी प्रदेशको पहाडी भूभागका एक दुई स्थान तथा तराईका केही भूभाग, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा हल्कादेखि मध्यसम्म वर्षाको सम्भावना छ’, उनले भने, ‘काठमाडौं उपत्यकामा पनि मौसम बदली भई हल्का वर्षा हुन सक्छ। तर, पानी परे पनि क्षणिक रुपमा पर्ने हो। कुनै पनि स्थानमा निरन्तर पर्दैन।’

Esewa
Crest

अधिकारीका अनुसार देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। माहाशाखाले शुक्रबार साँझ जारी गरेको मौसमी बुलेटिनअनुसार पनि शनिबार साँझसम्म कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश पहाडी भूभागका थोरै तथा बाँकी प्रदेशका पहाडी भूभागका १–२ स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका १–२ स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक वा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन माहाशाखाको अनुरोध छ।

महाशाखाका अनुसार अब एक सातापछि काठमाडौं उपत्यकालगायत देशैभर चिसो बढ्ने सम्भावना रहेको छ। जलवायु तथा विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीले नोभेम्बर ९ पछि ३ डिग्री सेल्सियससम्म तापक्रम घटेर चिसो बढ्ने बताए। ‘भारतको मौसम विज्ञान विभागले नै अब नोभेम्भर ९ तारिकपछि चिसो बढ्ने सम्भावना रहेको पूर्वानुमान गरेको छ’, उनले भने, ‘कहिले छिटो त कहिले ढिलो गरी चिसो सुरु हुन्छ, समान्यतया कात्तिकको अन्तिममा यहाँ पनि चिसो बढ्न सुरु हुन्छ।’

शुक्रबार रातिसम्म काठमाडौंको तापक्रम १६ डिग्री सेल्सियस रहेको थियो। आज पनि मुलुकका केही स्थानमा हल्का वर्षासमेत भएकाले चिसो सुरु भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS