IME Life New

रुसले गुगलमाथि लगायो विश्वको कुल जीडीपीभन्दा बढी जरिवाना, समयमै नतिरे दैनिक दोब्बर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाल विश्वको कुल ग्रार्हथ उत्पादन (जीडीपी) ११० ट्रिलियन डलर रहेको छ। यो अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को अनुमान हो।

रुसको एउटा घटनाले भने विश्व जगतलाई चकित पारेको छ। रुसी अदालतले गुगलमाथि लगाएको जरिवाना विश्वको कुल जीडीपीभन्दा निकै धेरै रहेको छ।

Esewa
Crest

रुसी सरकारी सञ्चार माध्यमलाई प्रतिबन्ध लगाएको मुद्दामा अदालतले गुगलमाथि २ अन्डसिलियन रुबल अर्थात् २० डेसिलियन अमेरिकी डलर जरिवानाको फैसला गरेको हो। अन्डसिलियनमा १ पछि ३६ वटा जिरो हुन्छ भने डेसियलनमा १ पछि ३३ वटा जिरो हुन्छ। अदालतले गुगललाई २०,०००,०००,०००,०००,०००,०००,०००,०००,०००,०००,००० डलर जरिवाना तिर्न भनेको छ।

ट्रिलियनमा १ पछि १२ वटा जिरो हुन्छ। अर्थात् आईएमएफको अनुमानअनुसार विश्वको कुल जीडीपी ११०,०००,०००,०००,००० डलर रहेको छ। अब आफूमाथि लागेको जरिवाना गुगलले कसरी तिर्ला ? यो निकै चर्चाको विषय बनेको छ।

रुसी अदालतले अर्को फेरि आश्चर्यजनक निर्णय गरेको छ। अदालतले गुगललाई ९ महिनाभित्र जरिवानाबापत रकम तिर्न आदेश दिएको छ। यदि नतिरेमा जरिवाना रकम दैनिक डबल हुने फैसला अदालतले गरेको छ।

के हो मुद्दा ?

करिब ४ वर्षअघि गुगलले रुसका १७ वटा सञ्चार माध्यममाथि प्रतिबन्ध लगाएको थियो। ती सञ्चार माध्मयको सूचीमा रुसको सरकारी सञ्चार माध्यम च्यानल जारग्रेड थियो। गुगलले यो च्यानललाई युट्युबबाट हटाएको थियो। अनि रुसी सञ्चार माध्यमहरुले गुगलविरुद्ध अदालतमा मुद्दा दायर गरेका थिए। मुद्दा दायर भएको करिब ४ वर्षपछि गुगलमाथि भयंकर धनराशिको जरिवाना गरिएको हो।

अदालतले जरिबाना रकम तिरेपछि र रुसी सञ्चार माध्यमहरु लगाइएको प्रतिबन्ध फुकुवा गरेमात्रै रुसी बजारमा गुगललाई प्रवेश दिन आदेश दिएको छ। त्यसो त युक्रेनमाथि रुसले आक्रमणा गरेपछि सन् २०२२ बाट रु गुगलले रुसी बजारमा आफ्नो सम्पूर्ण व्यापार बन्द गरेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS