IME Life New

लक्ष्मीपूजाका दिन सुनको मूल्य नयाँ उचाइमा, चाँदीको भाउ भने घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ हालसम्मकै उच्च स्तरमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज लक्ष्मीपूजाका दिन सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ७१ हजार रुपैयाँ पुगेको छ।

Esewa
Crest

हिजो बुधबार पनि सुनको भाउ तोलामा २ हजार २०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ७० हजार ७०० रुपैयाँमा कारोबार भएको छ। जुन हालसम्मकै उच्च थियो।

आज चाँदीको भाउ ३० रुपैयाँले तोलाको २ हजार ९० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले बढेर चाँदी २ हजार १२० रुपैयाँमा किनबेच भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS