काठमाडौं । शेयर बजार बुधबार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १४.४३ अंकले घटेर २६७७.६२ को विन्दुमा बन्द भएको हो।
घटेको बजारमा आज ७५ वटा कम्पनीको शेयरभाउ बढेको छ भने १६४ वटाको घटेको छ। यो दिन ५ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ३ वटामात्रै बढेको छ भने १० वटा घटेको छ। यो दिन होटल तथा पर्यटन समूह सर्वाधिक २.५२ प्रतिशतले बढेको छ।
बजारमा आज करिब ६ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार सीईडीबी हाइड्रोपावरको भएको छ।
आज उच्च कारोबार भएका १० कम्पनी
- सीईडीबी हाइड्रोपावरः ३४ करोड १७ लाख रुपैयाँ
- सानिमा जीआईसी इन्स्योरेन्सः २६ करोड ५ लाख रुपैयाँ
- सोल्टी होटलः २० करोड ९८ लाख रुपैयाँ
- नेपाल फाइनान्सः १६ करोड ७७ लाख रुपैयाँ
- स्ट्यान्डर्ड चार्टर्ड बैंकः १५ करोड ७८ लाख रुपैयाँ
- हिमालय ऊर्जाः १५ करोड ६ लाख रुपैयाँ
- आईसीएफसी फाइनान्सः १३ करोड ८७ लाख रुपैयाँ
- समृद्धि फाइनान्सः १३ करोड ५५ लाख रुपैयाँ
- नबिल बैंकः १२ करोड ४४ लाख रुपैयाँ
- पिपुल्स हाइड्रोपावरः ११ करोड ७७ लाख रुपैयाँ