Siddhartha Bank
GBIME
IME Life

एनआईसी एसिया क्यापिटलले ल्यायो ओएफएस प्लेटफर्म, अब कम्पनीका संस्थापक शेयर खरिदबिक्री गर्न सहज

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनआईसी एसिया क्यापिटलले विगत लामो समयदेखि आफ्नो मर्चेन्ट बैंकिङ सेवाअन्तर्गत धितोपत्रको दोस्रो बजारमा सुचिकृत भएका तथा सूचीकृत नभएका कम्पनीहरुको संस्थापक शेयरधनीहरुको शेयर प्रचलित कानुनबमोजिम खरिदबिक्री गराइदिनेसम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ।

सोही सेवालाई थप परिष्कृत गर्ने क्रममा नेपालमा सूचीकृत कम्पनीहरुको संस्थापक समूहको शेयर खरिदबिक्री गर्न निकै कानुनी प्रक्रिया पूरा गर्नुपर्ने देखिन्छ। त्यसैगरी सूचीकृत नभएका पब्लिक कम्पनीहरुको संस्थापक समूहको शेयरसमेत कारोबार गर्न निकै झन्झटिलो प्रक्रिया रहेको र लगानीकर्ताले चाहेको समयमा खरिदकर्ता तथा बिक्रीकर्ता नपाउँदा संस्थापक शेयरमा गरिएको लगानी फ्रिज भएर बसेको गुनासो लगानीकर्ताबाट बारम्बार सुनिने गरेको हुँदा संस्थापक शेयर खरिदबिक्रीका लागि वान स्टप सोलुसन उपलब्ध गराउने मुख्य उद्देश्यका साथ एनआईसी एसिया क्यापिटलले अफर फर सेल (ओएफएस) प्लेटफर्म सञ्चालनमा ल्याएको छ।

SKYWELL
Crest

यसअन्तर्गत क्यापिटलले संस्थापक समूहको शेयर बिक्री तथा खरिद गर्न चाहने लगानीकर्तालाई अनलाइनमार्फत कमन प्लेटफर्मबाट आफुले खरिदबिक्री गर्न खोजेको कम्पनीको विवरण रितपूर्वक क्यापिटलको वेबसाइटमार्फत उपलब्ध गराउनुपर्ने छ। उक्त विवरणका आधारमा क्यापिटलले सम्बन्धित कम्पनीको शेयर खरिदकर्ता वा बिक्रीकर्ता खोजी प्रचलित नियम कानुनअनुसार शेयर नामसारीसम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाउनेछ।

ओएफएस प्लेटफर्मका विशेष

सहज बिक्री प्रक्रियाः संस्थापक समूहको शेयर बिक्री गर्न चाहने सम्बन्धित शेयरधनीहरुले क्यापिटलको वेबसाइटमा माग गरेबमोजिमको विवरण रितपूर्वक भरेपश्चात् उक्त विवरणको आधारमा सम्बन्धित कम्पनीको शेयर खरिदकर्ता खोजिदिने कार्य क्यापिटलले गर्नेछ।

सहज खरिद प्रक्रियाः कुनै पनि कम्पनीको संस्थापक समूहको शेयरमा लगानी गर्न चाहने लगानीकर्ताहरुलाई सोको विवरण उपलब्ध गराएपश्चात् क्यापिटलले उक्त कम्पनीको शेयर खोजिदिने कार्य गर्नेछ।

सुरक्षित र गोपनियता कायम रहनेः सम्बन्धित शेयर खरिदकर्ता तथा बिक्रीकर्ताको विवरण अति सुरक्षित तथा गोपनीयता कायम हुने गरी प्राप्त विवरण सम्बन्धित अधिकारीले आवश्यक अध्ययन गरेर शेयर खरिद बिक्री सम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाउनेछ।

सहज र सर्वसुलभः सम्बन्धित व्यक्ति तथा संस्थाहरुले आफूले खरिदबिक्री गर्न चाहेको सम्बन्धित कम्पनीको विवरण सहजै रुपमा स्वदेश तथा विदेशको जुनसुकै स्थानबाट पनि सहज र सर्वसुलभ रुपमा अनलाइनमार्फत विवरण उपलब्ध गराउन सक्नेछन्।

खरिद बिक्री मूल्य निर्धारण गर्नका लागि भ्यालुएसन रिपोर्ट उपलब्ध गराइनेः सम्बन्धित कम्पनीको भ्यालुएसन गरेर संस्थापक समूहको शेयरको खरिदबिक्री गर्नका लागि उचित प्रतिशेयर खरिदबिक्री मूल्य निर्धारण गर्न सहयोग गर्ने।

माथि उल्लेखित सेवा लिनको लागि क्यापिटलको वेबसाइट www.nicasiacapital.com वा सोझै ओएफएस प्लेटफर्म www.nicasiacapital.com/offer-for-sale मा क्लिक गरी कुन कम्पनीको संस्थापक समूहको शेयर खरिद वा बिक्री गर्न चाहेको हो, सोको विवरण रितपूर्वक भरी आवेदन पेस गर्न सकिनेछ। साथै उक्त सेवा लिन तथा सेवा सम्बन्धमा थप जानकारीका लागि क्यापिटलका प्रमुख मर्चेन्ट बैंकिङ अधिकृत दामोदर रायमाझीलाई मोबाइल नं. ९८५११८४९७९ वा ई–मेल ठेगाना [email protected] मा सोझै सम्पर्क गर्न सकिनेछ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS