काठमाडौं । आज शेयर बजारमा हरियाली छाएको छ । आज शेयर बजार नेप्से परिसूचक २७ अंकले बढेर २,६४५ को विन्दुमा कायम भएको छ । आज २८ कम्पनकिो शेयर मूल्य घटेको छ भने २१३ कम्पनकिो मूल्य बढेको छ ।
आज दिनभरिमा ३०७ कम्पनीको १ करोड ४ लाख १८ हजार ९२६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३४ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनकिो ३३ करोड ७९ लाख रुपैयााको शेयर कारोबार भएको छ । समृद्धि फाइनान्सको २४ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एलआइसी नेपालको १९ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै जानकी फाइनान्स र दोल्ती पावरका लगानीकर्ताले कमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । रिभर फल्स पावरका लगानीकर्ताले ९ दशलमव ५४ प्रतिशतका दरले कमाएका छन् । मेच्छियाम हाइड्रोपावरका लगानीकर्ताले ९ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका छन् ।