IME Life New

धनतेरसमा भुलेर पनि नगर्नु यी ५ गल्ती, वर्षभरि हुन सक्छ पैसाको संकट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यो वर्ष धनतेरस भोलि कात्तिक १३ गते परेको छ। यो दिन नयाँ सामान खरिद गर्दा घरको सुख र सम्पन्नता वृद्धि हुने जनविश्वास रहेको छ।

ज्योतिषज्ञका अनुसार धनतेरसको दिन मानिसले जानेर वा नजानेर केही ठूला गल्ती गर्छन्। त्यस्ता गल्तीबाट जोगिनुपर्छ।

Esewa
Crest

यी ५ गल्तीबाट जोगिनुपर्छ

  • धनतेरसमा केवल कुबेरको पूजा गर्न हुँदैन। धनवन्तरीको उपासना पनि अवश्य गर्नुपर्छ। यसो गरेमा धनधान्यका साथै स्वस्थ स्वास्थ्यको वरदान पाइन्छ।
  • धनतेरसको शुभ साइतमा सुन, चाँदी, पितल वा स्टिलको सामान किन्नुपर्छ। यो दिन फलाम, प्लास्टिक वा कालो रङको सामान किन्नुहुन्न।
  • धनतेरसका दिन कुचो किन्ने चलन पनि छ। तर, यो दिन घरमा रहेको पुरानो कुचो बाहिर फाल्न हुँदैन। यसो गर्दा माता लक्ष्मी रुष्ट हुने जनविश्वास छ। पुरानो कुचो दक्षिण–पश्चिम दिशामा सम्हालेर राख्ने र निशिथ कालमा हात जोडेर घरबाट बाहिर राख्नुपर्छ।
  • धनतेरसका दिन लसुन, प्याजलगायतका चिज खान हुँदैन। यो दिन मासु खान हुँदैन भने मदिरा पनि सेवन गर्नुहुँदैन।
  • यदि तपाइँ धनतेरसका दिन कुनै सामान किन्दै हुनुहुन्छ भने त्यसलाई रित्तै घरमा नल्याउनुहोस्। त्यसमा पानी वा मिठाइ राखेर ल्याउनुपर्छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS