काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ९ दशलमव १९ अंकले घटेर २,६१७ को विन्दुमा कायम भएको छ । आज ९१ कम्पनीको शेयर मूल्य बढेको छ भने १४१ कम्पनीको मूल्य घटेको छ ।
आज दिनभरिमा ३२० कम्पनीको १ करोड १३ लाख ३४ हजार १७८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७३ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आइसीएफसीको कारोबार भएको छ । आज यस कम्पनीको ३२ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल एसबिआई बैंकको २१ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सीएचडिसीको १८ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै एलआइसी नेपाल, रिभर फल्स पावर र माइखोला हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । समृद्धि फाइनान्सका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै नेपाल एसबिआई बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशलमव ७९ प्रतिशतका दरले गुमाएका हुन् ।